सुर्खेत, वैशाख ११ । कर्णाली प्रदेशमा कोरोनाभाइरस परीक्षणका लागि थप दुईओटा मेसिन ल्याइएको छ ।
संघीय सरकारले ‘रियल टाइम पीसीआर’ मेसिनसहित विशेषज्ञ टोली र स्वास्थ्य सामग्रीहरु बिहीबार हेलिकोप्टर र विमानबाट पठाएको हो ।
एउटा मेसिन सुर्खेत र अर्को जुम्लामा राखिने बताइएको छ ।
कर्णाली प्रदेश अस्पतालमा एउटा मेसिन रहेको र त्यसबाट दैनिक १५ जनाको मात्रै स्वाब परीक्षण गरिँदै आएको थियो ।
स्वाब परीक्षणमा ढिलाइ भएपछि थप मेसिन सुर्खेत ल्याइएको हो ।
अहिले पठाइएका मेसिनबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्