
म्याग्दी, वैशाख ११ । ‘लकडाउन’का कारण बन्द भएका म्याग्दीका पाँच जलविद्युत् आयोजनाको निर्माण सुचारु भएको छ ।
विकास आयोजनाको निर्माण नरोक्ने सरकारको निर्णयपछि स्थानीय प्रशासन तथा जनप्रतिनिधिसँग समन्वय गरेर काम सुचारु गरिएको हो ।
४० मेगावाटको राहुघाट, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, ३८ मेगावाटको निलगिरीखोला र ६२ मेगावाटको निलगिरी–२ आयोजनाको निर्माण सुरु भएको छ ।
निर्माणमा करिब ५०० कामदार संलग्न रहेको आयोजना प्रमुख गणेश केसीले बताए ।
प्रतिक्रिया दिनुहोस्