२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु


260
Shares

काठमाडौं । मोटरसाइकलको ठक्करबाट विराटनगरमा मंगलबार दिउँसो एक वृद्धको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१४ रानीमा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय मजेबुल मियाँको मृत्यु भएको प्रदेश– १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मंगलबार बिहान रानीबाट विराटनगरतर्फ जाँदै गरेको मोटरसाइकलले पैदल हिँडिरहेका मियाँलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

उनको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल र चालक भारत मझपुरका ५९ वर्षीय विन्देश्वर रामलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।