जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी


273
Shares

काठमाडौं । जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ ।

एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदवार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी हुनुभएको हो । दुवै जनाले २१/२१ मत ल्याउनुभएको हो । प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी सरदारले १३ मत प्राप्त गर्नुभयो ।

यस्तै, महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी हुनुभयो । नेपालीले २३ मत पाउँदा थारु र विश्वकर्माले २१/२१ मत प्राप्त गर्नुभयो ।

साथै अन्य सदस्यमा पनि एमालेका तुलसी प्रसाद घिमिरेले २२, देवमणि कटुवाल २१, मित्रप्रसाद ढकालले २२ मत ल्याएका छन् ।