Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


नेपाली सेना र अमेरिकी सेनाबीचमा दश बुँदे सहमति हुन लागेको विषयबारे सरकारले जवाफ दिन प्रेम सुवालको माग


117
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली सेना र अमेरिकी सेनाबिचमा दश बुँदे सहमति हुन लागेको भन्दै सो विषयको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले विगतमा एमाले नेतृत्वको सरकारका मन्त्रीहरुको पनि यस विषयमा संलग्नता रहेको भन्दै जिम्मेवार सबै पार्टीका मन्त्रीहरुले संसदलाई यथार्थता जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

उहाँले सो विषय स्पष्ट नभएसम्म प्रतिनिधि सभा बैठक अगाडी बढाउन नमिल्ने धारणा राख्नुभयो ।