
काठमाडौं । तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अत्यावश्यक स्वास्थ्य सामग्री तातोपानी भन्सार आइपुगेको छ । बुधबार ८ करोड बढीको स्वास्थ्य सामाग्री तातोपानी आइपुगेको हो ।
आएका सामानमा एन नाइन्टिन फाइभ माक्स १० हजार थान, पीपीई सेट १० हजार थान, इन्फ्रारे थर्मोमिटर एक हजार थान, पीसीआर मेसिन २ वटा, पीसीआर परीक्षण गर्ने किट २० हजार वटा, वेट वाइप ५० वटा रहेको तातोपानी भन्सारका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।
बुधबार आएका ती सामान मध्ये पीसीआर परीक्षण गर्ने किट हिजो साँझ नै काठमाडौं पठाइएको र बाँकी आज बिहान पठाउने तयारी भइरहेको प्रमुख खत्रीले बताए ।
ती सामाग्री तिब्बत सरकारले नेपाललाई अनुदान दिएको हो । गत चैत २८ मा ल्हासाका महावाणिज्यदुत गोविन्द खत्रीलाई त्यहाँको परराष्ट विभाग प्रमुखले ती सामाग्री हस्तान्तरण गरेकी थिइन् ।
पछिल्ला दिनमा तातोपानी नाका हुँदै अत्यावश्यक स्वास्थ्य सामग्री आयात हुन थालेको छ । अर्को हप्ताबाट बाटोमा अलपत्र परेका ८/९ वटा खाद्य सामग्री बोकेका कन्टेनरहरु ल्याउने तयारी भइरहेको खत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्