२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


काठमाडौंमा माैसम खराब भएका कारण जजिरा एयरकाे विमान भैरहवामा अवतरण  

भैरहवामा अवतरण गरेर एक घण्टापछि विमान पुनः काठमाडौं आयाे

3.861k
Shares

काठमाडौं । काठमाडौंको मौसम खराब भएपछि कुवेतबाट आज (मंगलबार) बिहान आएको जजिरा एयरको विमानलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ ।

जजिरा एयरलाइन्सको जे नाइन ५४१ विमान काठमाडौंमा अवतरण गर्न नसक्ने भएपछि भैरहवा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको हाे ।

भैरहवामा अवतरण गरेर एक घण्टापछि विमान पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै आएर अवतरण गरेकाे विमानस्थलले जनाएको छ ।