
काठमाडौं, बैशाख १० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत नेपालको साथमा रहेको आश्वासन दिएका छन् ।
कोरोना भाइरसविरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपाली जनताको साथमा रहेको प्रधानमन्त्री मोदीले बताएका हुन् ।
बुधबार नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएलगत्तै ट्वीट गर्दै मोदीले भारत सरकार नेपाल र नेपाली जनताको साथमा रहेको उल्लेख गरेका हुन् ।
ट्वीटमा नेपाल र भारतको सम्बन्ध विशेष रहेको बताउँदै मोदी लेख्छन्, ‘हाम्रो बन्धन केबल मजबुत मात्र छैन, जरा पनि बलियोसँग गडेको छ । भारत कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाली जनता र नेपाल सरकारसँग एकजुट भएर उभिएको छ ।’
India-Nepal relationship is special. Our bonds are not only strong but also deep-rooted.
India stands in solidarity with people and the Government of Nepal to fight COVID-19 pandemic.@kpsharmaoli https://t.co/jQ6hYgkKfY
— Narendra Modi (@narendramodi) April 22, 2020
कोभिड–१९ विरुद्ध लड्न भारतले नेपाललाई दिएको २३ टन औषधि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका छन् ।
औषधि पाएलगत्तै प्रधानमन्त्री केपी ओलीले ट्विटरमा भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै सहयोगका लागि धन्यवाद दिएका थिए । आलीको ट्वीटमा मोदीले उक्त कुरा लखेर रिट्वीट गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्