३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


जापानमा महाभूकम्प र ठूलो सुनामी आउन सक्ने चेतावनी


0
Shares

काठमाडौं, वैशाख १० । जापान सरकारको एक प्यानलले जापानमा महाभूकम्प र ठूलो सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

सो प्यानलले गरेको अनुमानमा अब आउने सुनामी ३० मिटर अर्थात् ९८ फिटसम्मको हुने र यसले देशमा मानवीय र भौतिक क्षति पुर्‍याउन सक्ने भन्दै सबैलाई सचेत रहन अपील गरेको छ ।

भूकम्प, सुनामीसम्बन्धी अध्ययन–अनुसन्धान गरिरहेको टोलीको प्रारम्भिक अनुमानअनुसार सुनामी र भूकम्पले पुर्‍याउन सक्ने क्षतिलाई ध्यानमा राखी समुद्र आसपासका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्नुपर्ने भन्दै सबैलाई सचेत तुल्याइएको छ ।

साथै, सो प्यानलले अब आउने सुनामीले जापानको फुकुशिमा न्यूक्लियर स्टेसनमा ठूलो क्षति पुर्‍याउने चेतावनी पनि दिएको छ ।

सन् २०११ मा आएको भूकम्प र सुनामीले सोही स्टेसन नराम्ररी प्रभावित बनेको थियो ।

यसैबीच, जापान सरकारले यो चेतावनीलाई ध्यानमा राख्दै मानवीय र भौतिक क्षति कम गर्न उच्च सतर्कता अपनाएको छ भने सर्वसाधारणलाई पनि सुरक्षित स्थानतर्फ सर्न भनिएको छ । (एजेन्सी)