
काठमाडौं, बैशाख १० । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आउँदो १७ गतेका लागि बोलाएको छ । दिउँसो १ बजे बैठक बस्ने गरीबोलाइएको कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिको छ । पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भव, सानेपामा बस्ने बैठकमा हालै सरकारले ल्याएका दुई अध्यादेशको विषयमा छलफल हुने बताइएको छ ।
यसअघि बुधबार नै चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङलगायत ११ जना केन्द्रीय सदस्यले पनि केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका थिए ।
सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताबिना संवैधानिक परिषद्को बैठक बसेर निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्