३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


‘लकडाउन’को अवधिमा २३ अर्ब बढीको सामग्री आयात


0
Shares

काठमाडौं, वैशाख १० । सरकारले कोरोना संक्रमण रोकथामका लागि गत चैत ११ गते ‘लकडाउन’ घोषणा गरेको एक महिनामा २३ अर्ब बढीको सामग्री आयात भएको छ ।

यस अवधिमा अत्यावश्यक सामग्रीहरु डिजेल, पेट्रोल, खाद्यान्न, गेडागुडी, दुग्धजन्य तथा औषधिको कच्चापदार्थ तथा तयारी औषधि गरी २३ अर्ब ७५ करोड रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार यस अवधिमा नौ अर्ब ७६ करोडको तयारी औषधि आयात भएको छ भने दुई अर्ब १९ करोडको औषधिको कच्चापदार्थ भित्रिएको छ ।

यसैगरी, सात हजार ७०० मेट्रिकटन खाद्यान्न आयात भएको छ भने चार हजार १०० मेट्रिकटन तरकारी तथा तीन हजार ३०० मेट्रिकटन ग्यास आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यसै अवधिमा ३३ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।

यो अवधिमा चीनतर्फबाट भने कुनै वस्तु आयात नभएको विभागले जनाएको छ ।

लकडाउन अवधिमा निर्यातको अवस्था करिब शून्यजस्तै देखिएको विभागले जनाएको छ ।