
सर्लाही, वैशाख १० । लगातार परेको वर्षाले सर्लाहीमा करोडौं मूल्य बराबरको काँचो इँटा नस्ट भएको छ ।
व्यवसायीले वर्षाका कारण ६ करोड रुपैयाँ बराबरको इँटा नस्ट भएको जनाएका छन् ।
इँटा व्यवसायी संघका जिल्ला अध्यक्ष मेथुर चौधरीले एउटै उद्योगमा ६ लाख रुपैयाँसम्मको इँट्टा नस्ट भएको जानकारी दिए ।
कोरोनाभाइरसको महामारीकाबीच सीमित कामदार खटाएर तयार पारेको इँटा वर्षाले नस्ट गरेपछि व्यवसायी चिन्तित भएका छन् ।
इँटाको बिमा नहुँदा वर्षाले बिगारेको सबै इँटाको क्षति व्यवसायी आफैंले व्यहोर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस्