२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


कोरोना रोकथाम र नागरिकका सबै समस्यामा सरकार गम्भीर छ : स्वास्थ्यमन्त्री


0
Shares

काठमाडौं, बैशाख १० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको बताए ।

पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौंले प्रदान गरेको व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ बुधबार मन्त्रालयमा ग्रहण गर्दै उनले विपद्को समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले चिकित्साकर्मीको मनोबल उच्च बनाउन काम गर्नुपर्नेमा जोड दिए ।

उनले यस्ता सहयोगले अग्रभागमा रहेर काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्न सहयोग पुग्ने बताए ।

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठले सरकारसँग धेरै सहकार्य गर्न चाहेको अवगत गराउँदै पिपिई बुथहरु अझ धेरै उत्पादन गरेर स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्ने जनाए । रासस