
बागलुङ, वैशाख १० । मुलुकमा ‘लकडाउन’ भएका बेला बागलुङमा एसियाकै सबैभन्दा लामो झोलुंगेपुलको निर्माण सम्पन्न भएको छ ।
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगन्डकी नदीमाथि निर्माण थालिएको एसियाकै सबैभन्दा लामोे झोलुंगेपुलको निर्माण सम्पन्न भएको हो ।
बागलुङ नगरपालिका–१, रामरेखादेखि कुश्मा नगरपालिका–१, अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुंगेपुल वैशाखको सुरुमै निर्माण सम्पन्न भएको हो ।
ठेक्का सम्झौताभन्दा तीन महिनाअघि नै पुल निर्माण कार्य सकिएको बताइएको छ ।
पुल हस्तान्तरणको तयारीमा रहेको पुल निर्माणको जिम्मा पाएको थानी/बीएलटी/हिमशिखर कन्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए ।
झोलुंगेपुल ५६७ मिटर लामो र १३८ मिटर अग्लो रहेको छ ।
सुरुमा १२ करोड २२ लाख रुपैयाँ लागत अनुमानगरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि ६ करोड ९१ लाख रुपैयाँमा सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्