२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लजमुङका ३ वटा जलविद्युत गृहबाट आज बिजुली उत्पादन बन्द


260
Shares

काठमाडौं । लमजुङमा सञ्चालित ३ वटा जलविद्युत गृहबाट आज (आइतबार) बिजुली उत्पादन बन्द गरिएको छ ।

७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादि जल विद्युतगृहबाट आइतबार विद्युत उत्पादन बन्द गरिएकाे हाे । साेही विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द गरिएको छ ।

गत वर्षको असार १९ गते आएको पहिरोले ढालेको मध्य मर्स्याङ्दी–मर्स्याङ्दी १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएका नयाँ टावरमा तार तान्नका लागि विद्युत उत्पादन बन्द गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युत गृहबाट विद्युत उत्पादन बन्द हुनेछ ।

करिब १ सय ५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गरेको छ ।