Logo ९ मंसिर २०८२, मंगलबार | Tue Nov 25 2025


सुदूरपश्चिम प्रदेशमा थप १२ सय बढीकोे पीसीआर र आरडीटी विधिमार्फत कोरोना परीक्षण


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशमा हिजो मात्रै थप १ हजार २ सय ३० जनाको पीसीआर र र्‍यापिड टेष्ट विधिमार्फत कोरोना परीक्षण गरिएको छ ।

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार सोमबारसम्म ८ हजार ६ सय बढीको कोरोना परीक्षण गरिएकामा हिजो मात्रै थप एक हजार दुई सय ३० जनाको परीक्षण गरिएको हो ।

हिजो एक सय जनाको मात्रै पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको हो भने बाँकी १ हजार १ सय ३० जनाको र्‍यापिड टेस्ट गरिएको हो ।

अहिले प्रदेशका विभिन्न अस्पतालमा ६ जनालाई आईसोलेसमा राखिएको छ । जसमा तीन जना कोरोना संक्रमित छन् । उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

यस्तै प्रदेशमा सबै जिल्लामा स्थापना गरिएका विभिन्न क्वारेन्टाइनमा १ हजार ६ सय १० जनालाई राखिएको छ ।