१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल सुचारु गर्ने तयारी


0
Shares

काठमाडौं । कोरोना भाइरसको कारण स्थगित जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल आगामी ‘मे’ महिनाबाट सुचारु गर्ने तयारी गरिएको छ ।

जर्मन फुटबल लिगले स्थगित बुन्डेस लिगा आगामी ‘मे’ ९ बाट पुनः सुचारु गर्ने तयारी गरेको हो ।

जर्मन फुटबल लिगले प्रस्ताव गरेको मितिमा स्थानीय सरकारहरुले समर्थन जनाइरहेका छन् ।

जर्मनीको दुई राज्यले पनि उक्त मितिमा सहमति जनाएको जर्मन फुटबल लिगले दावी गरेको छ ।

लिगका बाँकी खेलहरु बन्द रंगशालामा खेलाइने सम्भावना छ ।

जर्मनीमा कोरोना भाइरस महामारीको कारण पाँच हजार बढीको मृत्यु भएको छ भने झण्डै डेल लाख संक्रमित छन् ।