एनआईसी एसिया बैंकले चमत्कारिक फड्को मारेको दाबी « Image Khabar


एनआईसी एसिया बैंकले चमत्कारिक फड्को मारेको दाबी


Imagekhabar
९ बैशाख २०७७, मंगलवार २०:५०

काठमाडौं, वैशाख ९ । एनआईसी एसिया बैंकले विगत तीन वर्षमा बैंकले चमत्कारिक फड्को मारेको दाबी गरेको छ ।

वाणिज्य बैंकमध्ये सबैभन्दा बढी ३१९ शाखाको सञ्जाल रहेको, ग्राहक संख्या २१ लाखभन्दा बढी रहेको, तीन हजार ६०० कर्मचारी रहेको र दुई खर्ब ३० अर्बभन्दा बढीको वासलात रहेको भन्दै अनिकांश वित्तीय परिसूचकहरु अग्रस्थानमा रहेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानले चैत महिनाभित्रै ब्याज र किस्ता बुझाएकालाई १० प्रतिशत छुट दिइएको दाबी गरेका छन् ।

यस्तै, बैंकले नेपाल सरकारलाई गत वर्षमात्रै तीन अर्ब १५ करोड रुपैयाँ राजस्व बुझाएको जानकारी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्