
काठमाडौं, वैशाख ९ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘लकडाउन’का कारण तरकारी ढुवानी तथा उत्पादनमा प्रभावित भएका किसानको अध्ययन गरी सोही आधारमा राहत उपलब्ध गराउने तयारी गरेको छ ।
लकडानउनका कारण किसानले ढुवानीमा समस्या सिर्जना भएका कारण दूध बाटोमै पोख्न बाध्य भएका छन् भने तरकारी खेतबारीमै कुहिएका छन् ।
तरकारी तथा दुग्धजन्य उत्पादन खपत हुने मुख्य ठाउँहरु होटल तथा रेष्टुराँ र पार्टी प्यालेस बन्द छन् । यस कारण मागसमेत घटेको छ भने अर्काेतिर ढुवानी हुन नसक्दा किसानको खेतमा तरकारी त्यसै कुहिन थालेका हुन् ।
यसरी कृषि उपजलाई किसानकोे खेतमा कुहिन नदिनका लागि ढुवानी सहज बनाइएको कृषि मन्त्रालयले दाबी गरेको छ ।
कृषिजन्य उत्पादनको बिक्री–वितरणमा समस्या भएकोले स्थानीय तहले ढुवानी सहजीकरण गर्न तीनओटै तहको समन्वय गरिरहेको र सबै प्रदेश मन्त्रालयमार्फत् प्रभावित किसानलाई राहतको तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए ।
आगामी बजेटमा कृषि उत्पादनमा वृद्धि गर्ने कार्यक्रम समावेश गरिने पनि प्रवक्ता केसीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्