
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावको मत परिणामले एमालेसँग असाधारण शक्ति रहेको प्रष्ट भएको बताउनुभएको छ ।
उहाँले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि दाबी गर्नुभयो । नेकपा एमाले मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले, एमाले एक्लै चुनावमा जाँदा पनि सानदार जित हासिल गरेको बताउनुभयो ।
उहाँले पाँच दलीय गठबन्धनले चुनावमा जित निकाले पनि एउटै प्रकारको जुठो गाँस भएको टिप्पणी गर्नुभयो । गठबन्धन नहुँदा सबै पार्टी धूलोपीठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने देखिएको उहाँले बताउनुभयो ।
वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउँछु भन्ने अर्थमन्त्रीको बजेट भाषण हावादारी गफमात्र भएको उहाँको टिप्पणी थियो । आफूले गरेको संसद विघटनको बचाउ गर्दै ओलीले संसद विघटन प्रतिगमन नभएको दाबी गर्नुभयो ।
उहाँले कसैले प्रतिगमन भन्यो भने मुखमा औंला ठड्याएर विरोध गर्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । शेरबहादुर देउवाले संसद विघटन गरेर चुनाव नगराउँदा चाहि प्रतिगमन भएको उहाँले बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्