
काठमाडौं, बैशाख ९ । अर्थ मन्त्रालयले जेठ १५ गते नै बजेट ल्याउने तयारीसहित बजेट निर्माणको काम अघि बढेको जनाएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणको तयारी भईरहेको र प्राथमिकता निर्धारणको काम अन्तिम चरणमा पुगेको बताए ।
महामारीको रोकथाम नै मुख्य एजेन्डाको रुपमा अघि बढाउनुका साथै कृषी क्षेत्रको विकासका लागि पनि जोड दिने गरि बजेटको तयारी गरिएको प्रवक्ता खत्रीले जानकारी दिए ।
सरकारले यस वर्षको बजेटमा रोजगारी सिर्जना, आय आर्जन, स्वास्थ र कृषी क्षेत्रलाई प्राथमिकतामा राख्ने भएको छ ।
कोभीड १९ का कारण उत्पादन प्रभावित बन्नुका साथै राजस्व संकलन समेत प्रभावित बनेको छ ।
प्रतिक्रिया दिनुहोस्