
काठमाडौं । १७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
३ हजार ७० जनामा कोरोना परीक्षण गर्दा १७ जना संक्रमित थपिएका हुन् ।
हाल देशभर १०९ जना सक्रिय संक्रमित छन् ।
शुक्रबार ९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।
प्रतिक्रिया दिनुहोस्