मानबहादुर वली (इमेज)
सुर्खेत, वैशाख ९ । कोरोनाको जाँचका लागि स्वाब परीक्षण गर्न कर्णाली प्रदेश प्रयोगशालाको ‘पीसीआर’ मेसिनले भार थेग्न नसकेपछि अपनाइएको द्रुत परीक्षण प्रविधि पनि सुस्त देखिएको छ ।
चैत २८ गतेदेखि सुरु भइ हप्ता दिन बितिसक्दा पनि दुई हजार ७०० जनामा मात्रै ‘र्यापिड टेस्ट’ भएको छ ।
कोरोनाको त्रासपछि विदेशबाट गाउँ फर्किएका नागरिकहरुमा कोरोना परीक्षणका लागि द्रुत प्रविधि सुरु गरिएको थियो ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनलायले भने भौगोलिक विकटताकै कारण र मागेजति परीक्षणका किट नहुँदा र्यापिड टेस्टको गतिमा सिमितता आएको जनाएको छ ।
किट सकिएपछि परीक्षण रोकिएका जिल्लाहरुमा आजैदेखि परीक्षणको काम सुरु भएको निर्देशक रिता जोशी भण्डारीको दाबी छ ।
र्यापिड टेस्टका लागि कर्णाली प्रदेशले थप तीन हजार किट संघबाट प्राप्त गरेको छ । जुन मागको तुलनामा ज्यादै कम भएको निर्देशक रिता जोशी भण्डारीको भनाइ छ ।
भारत र तेस्रो मुलुकबाट आएका र कोरोनाको सम्भावित लक्षण देखिएकामध्ये ९२२ जनाको स्वाब परीक्षण गरिएको हो ।
जसमध्ये सुर्खेतमा १७६, धनगढीमा ९९ र काठमाडौंमा ६४६ जना गरी कुल ९२२ जनाको स्वाब परीक्षण गरिएको हो ।





प्रतिक्रिया दिनुहोस्