
काठमाडौं । नेकपा(एमाले)का सांसद दिपकप्रकाश भट्टले अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको उपस्थिति कमजोर भइरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद भट्टले दुईपक्षिय, क्षेत्रिय, उपक्षेत्रिय र अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको उपस्थिति निकै कमजोर भइरहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय तथा गृह मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषद् सँग समन्वय गर्नुपर्ने भएपनि राष्ट्रिय सुरक्षा परिषद्लाई डम्पिङ साइटजस्तो बनाइएको उहाँले बताउनुभयो ।
परिषद् बारे आगामी आर्थिक वर्षको बजेटमा कहीँ कतै नछोएको उहाँको भनाई छ । उहाँले सातै प्रदेशका मुख्यमन्त्रीहरूले कुटनीतिज्ञहरूलाई भेटिरहेको उल्लेख गर्दै कसले सहजीकरण गरिरहेको र कुन संरचनाले काम गरिरहेको हो भन्ने प्रश्न गर्नुभयो ।
स्थानीय तहको जनप्रतिनिधिहरूपनि अन्तर्राष्ट्रिय संघसंस्थाको कार्यक्रममा कुनै निकायसँग सहजीकरण नगरी गइरहेका उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्