Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


आँबुखैरेनीमा सडक भाँसिदा सवारी आवागमन अवरुद्ध


117
Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा सवारी साधन आवागमन अवरुद्ध भएको छ ।

बिहीबार राति वर्षाका कारण सडक भाँसिएको हो। सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावत सम्भव नदेखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ। तत्काल मर्मत सम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारी साधान फर्काइएको छ ।

करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।