
धादिङ, वैशाख ९ । धादिङमा चिनियाँ लगानीको निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योगमा सामग्रीको अभाव भएको छ ।
बेनीघाट रोराङ गाउँपालिका–२, ताल्तीमा निर्माणाधीन उद्योगमा ‘लकडाउन’का कारण सिमेन्ट र डन्डीलगायतका सामग्रीको अभाव भएको हो ।
नेपाली र चिनियाँ गरी दैनिक ११०० कामदारले निर्माणको काम गर्दै आएपनि अहिले ४०० जनाले मात्र काम गरिरहेका छन् ।
कामदारहरुको पूर्ण सुरक्षा र भौतिक दूरी कायम राखी काम भइरहेको उद्योगले जनाएको छ ।
१७ अर्ब रुपैयाँ निर्माण लागत रहेको उद्योगमा दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्