१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


पार्टी फुटाउने दिवास्वप्न पूरा गर्न दिन्नौंः राजपा/समाजवादी नेताहरु


0
Shares

काठमाडौं, बैशाख ८ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीका नेताहरुले पार्टी फुटाउने दिवास्वप्न नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारले आफ्नो पार्टीलाई फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भए त्यो पूरा नहुने बताए ।

महतोले राजपा मात्रै होइन समाजवादी पार्टी पनि फुटाउने योजना कसैको छ भने त्यो दिवास्वप्न मात्र हुने र कहिल्यै पूरा नहुने प्रष्ट गरे ।

राजपा फुट्ने होइन चाँडै नै अब समाजवादीसँग एकता घोषणा हुने भन्दै महतोले अर्काको पार्टी फुटाउने फोहरी खेल नखेल्ने ओलीलाई चेतावनी दिए । जनताको जीवन रक्षा गर्न छाडेर सरकार यस्तो खेलमा लाग्नु भनेको मानवताविरुद्धको अपराध भएको टिप्पणी उनको छ ।

यसैगरी राजपा अध्यक्षमण्डलकै अर्का नेता शरदसिंह भण्डारीले प्रधानमन्त्रीले बेमौसमी बाजा बजाएको भन्दै अध्यादेश ल्याउनु उचित नभएको बताए ।

समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले त सरकारको यो निर्णयले ओली प्रधानमन्त्री बन्नलायक नरहेको पुष्टि भएको टिप्पणी गरेका छन् ।