सुर्खेत, वैशाख ८ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै तहका सरकारबीचको आपसी समन्वयमा कोरोनाभाइरसको विरुद्ध लड्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार कर्णाली प्रदेशका १० ओटै जिल्लाका जिल्ला समन्वय प्रमुखसँगको ‘भिडियो कन्फरेन्स’मा बोल्दै मुख्यमन्त्री शाहीले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा सबै तहका सरकारहरु गम्भरीतापूर्वक लाग्नुपर्ने बताए ।
स्थानीय तहले कोरोनाभाइरसको प्रतिकार्यका लागि गरिरहेका प्रयास प्रशंसनीय रहेको बताउँदै मुख्यमन्त्री शाहीले जिल्ला समन्वय समितिले आफ्नो जिल्लाका स्थानीय तहबीच समन्वय गरी प्रदेश सरकारलाई जानकारी गराउन पनि आग्रह गरे ।
मुख्यमन्त्री शाहीले स्थानीय तहले ‘लकडाउन’लाई कडाइ गर्नुपर्ने पनि बताए ।








प्रतिक्रिया दिनुहोस्