Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


परासीमा ढाँटेर राहत लिनेलाई पाँच हजार जरिवाना


13
Shares

परासी, वैशाख ८ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ढाँटेर राहत लिनेलाई पाँच हजार रुपैयाँ जरिवाना र सम्पत्ति विवरणको मूल्यांकन गर्न आउँदा सिफारिस नदिने निर्णय गरेको छ ।

राहत विवरण ठीक/बेठीक के हो छुट्याउन नगरपालिकाले अनुगमन समिति गठन गरेको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

घरमा कमाइ गर्ने र आयस्रोत नभएका व्यक्तिहरुबाहेक अन्यले झुटो विवरण पेस गरेर राहत लिएको पाइएकाले नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

१३ ओटा वडा रहेको नगरपालिकामा वडा कार्यालयमार्फत् एक हजार ९१० जना विपन्नको संख्या संकलन गरिएको छ । ढाँटेको पाइएमा पाँच हजार रुपैयाँ तत्काल जरिवाना गरिने छ ।

नगर क्षेत्रका विपन्नहरुलाई प्रतिघरधुरी मसिनो स्टिम चामल २५ केजी, तीन केजी दाल, दुई केजी चिनी, दुई केजी नुन, नुहाउने र कपडा धुने साबुन गरी चारओटा साबुन, ४०० ग्राम स्वायविन वितरण गरिएको छ ।