
काठमाडौं । स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित नागढुंगाबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४ जना चिनियाँ र एक नेपाली नागरिक रहेका छन् ।
नुवाकोटबाट काठमाडौं आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडी चेकजाँच गर्दा स्रोत नखुलेको उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु ५० वर्षीय अङ जाइकिङ, ४९ वर्षीय झान टु, ३१ वर्षीय मेङ युन सुन, २६ वर्षका मौजियान हुआ नेपाली नुवाकोट विदुर नगरपालिका वडा नं. ८ घर भएका ४४ वर्षका फूलबहादुर गुरुङ रहेका छन् ।
पक्राउ परेका गुरुङ गाडी चालक रहेको जनाइएको छ । पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्