
कपिलवस्तु, वैशाख ८ । कपिलवस्तुमा दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको छ ।
‘लकडाउन’को मौका छोपेर व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि गरेका हुन् ।
कपिलवस्तुको तौलिहवाका विभिन्न खाद्यान्न पसलहरुले बढी मूल्य लिएको गुनासो उपभोक्ताहरुले गर्दासमेत प्रशासन मौन रहेको आरोप उनीहरुले लगाएका छन् ।
तौलिहवामा ५० रुपैयाँ पर्ने रिचार्जकार्डलाई हिजोआज ५५ रुपैयाँ लिने गरिएको छ ।
खाद्यान्न वस्तु दाल, चामल, तेल, नुन, चिनी र तरकारीको मूल्यमासमेत वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्