२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न


52
Shares

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको ‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको हो ।सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा, र मनास्लु गरि चार हिमालबाट ३३ हजार ८ सय किलोभन्दा बढी फोहोर (७ हजार २२७ किलो कुहिने र २६हजार ६५० किलो नकुहिने) संकलन भएको छ । संकलन गरिएको फोहोरलाई प्रमाणीकरण पश्चात वर्गीकरण, प्रशोधन, र पुनः प्रयोगको लागि रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ ।

प्रतिकुल मौसमी अवस्था र अत्यधिक उचाइको चुनौती सामना गर्दै जोखिम मोलेर फोहोर संकलन गरिएको हो ।