२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


सामाजिक दूरी कायम गरी बैठक कक्ष तयार गर्न राष्ट्रियसभाका अध्यक्षको निर्देशन


0
Shares

काठमाडौं, बैशाख ८ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित सङ्घीय संसद् भवनको बैठक कक्षको निरीक्षण गरेका छन् । 

सङ्घीय संसद्को संयुक्त बैठक कक्ष र राष्ट्रियसभाको बैठक कक्षको सोमबार निरीक्षण गर्दै उनले सामाजिक दूरी कायम हुने गरी बैठक कक्षको तयारी गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिए ।

अध्यक्ष तिमिल्सिनाले सभाकक्षमा सामाजिक दूरी कायम गरी बस्न मिल्ने गरी व्यवस्थापन मिलाउन सचिवालयलाई निर्देशन दिए ।

अधिवेशन आह्वान भएको अवस्थामा बैठक बस्नका लागि पूर्ण तयारीमा रहन निर्देशन दिँदै “बैठकको तयारीका सन्दर्भमा प्रत्येक सांसदलाई मास्क, स्यानिटाइजर र सम्भव भएसम्म स्क्यानिङ मेसिनमै स्यानिटाइज हुने  व्यवस्था गर्नु”, उनले भने । रासस