
काठमाडौं । काठमाडौको धोबिखोलामा एक पुरुषको शव फेला परेको छ ।
सुकेधाराबाट कपन जाने बाटोको नजिकै खोलाको किनारमा घोप्टो परेको अवस्थामा पुरुषको शव भएको सुचना पाएपछि महाराजगञ्ज प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रामकृष्ण देवकोटाको टोलि पुगेर शवको निरीक्षण गरेको थियो ।
अत्याधिक मादक पदार्थ सेवनको कारण खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरी निरीक्षक देबकोटाले बताउनुभयो ।
शवलाई आवश्यक प्रकृया पूरा गरी पोष्ट्मार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ भने मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्