Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


बाराका दुई उद्योगका श्रमिकलाई तलबमा दश प्रतिशत थप, मजदुर हर्षित


0
Shares

बारा । जिल्लाका दुई उद्योगका श्रमिकलाई तलबमा दश प्रतिशत थप गरिएको छ ।

बाराको पिलुबा र सिमरा स्थित ग्यास वान नेपाल र क्लासिक एग्रिकल्चरका मजदुरको तलबमा लकडाउनको अवधिभर थप दश प्रतिशत बढाएपछि श्रमिकहरु खुशी भएका छन् ।

उद्योगी तथा सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले अत्यावश्यक सेवाका आफ्ना दुई उद्योगमा कार्यरत मजदुरलाई लकडाउन अवधिको तलबमा १० प्रतिशत थपेर दिने घोषणासँगै उद्योेगमा कार्यरत मजदुरहरु हर्षित बनेका हुन् ।

लकडाउनका बेला पनि उद्योगमा काम गरेबापत उद्योगीले तलबमा रकम थप गरेकोमा खुशी लागेको रमेश न्यौपानेले बताए ।

खाना पकाउने ग्यासको अभाव हुन नदिन मजदुरलाई नियमित काममा लगाइएकाले उनीहरुको तलबमा वृद्धि गरिएको हो भने क्लासिक एग्रिकल्चर अन्तर्गत मेवा खेतीमा संलग्न मजदुरलाई पनि सोही सुविधा दिइने उधोग प्रशासनले जनाएको छ ।

सबै कामदार र कर्मचारीलाई हौसला प्रदान गर्न तलबमा १० प्रतिशत अघिल्लो महिनाबाटै लागू हुने गरी थप गरीएको प्रबन्धक सरोज ढकालले बताए ।

जापानी र नेपाली उद्योगीहरुको संयुक्त लगानीमा रहेको ग्यास बान नेपाल बहुराष्ट्रिय कम्पनी सञ्चालन अवस्थामै रहेको छ भने लकडाउनका कारण क्लासिक एग्रिकल्चर उद्योगमा अहिले काम ठप्प रहेको छ ।