Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


बन्दीपुरका जनप्रतिनिधिको एक महिनाको भत्ता विपद व्यवस्थापन कोषमा


0
Shares

तनहुँ । बन्दीपुर गाउँपालिकाले जनप्रतिनिधिको एक महिनाको भत्ता विपद व्यवस्थापन कोषमा जम्मा गर्ने भएको छ ।

कोरोना भाइरसविरुद्ध बन्दीपुर गाउँपालिकाले स्थापना गरेको राहत कोषमा जनप्रतिनिधिले पाउने भत्ता बापतको रकम जम्मा गर्न लागेको हो ।

बन्दीपुर गाउँपालिकाका वडाध्यक्ष र वडा सदस्यहरुको एक महिनाको भत्ता विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले जानकारी दिए ।

गाउँपालिकाभित्र राहत नपुगेका तथा छुटफुट भएका ज्याला मजदुरी गर्ने परिवारका सदस्यलाई विपद कोषको रकम खर्च गरिने बताइएको छ ।

बन्दीपुर गाउँपालिकामा ३४ जना प्रतिनिधि रहेका छन् ।