३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


कटहरीका कृषकले लगाएको तरकारीले बजार पायो


0
Shares

मोरङ । कटहरी गाउँपालिकाका कृषकले लगाएको तरकारीले आजबाट बजार पाएको छ ।

लकडाउनका कारण बारीको तरकारी बजारसम्म निकाल्न नपाएका किसानले विराटनगरको बजारमा सोमबारदेखि तरकारी निकालेका छन् ।

लकडाउनका कारण तिन सातायता तरकारी बजारसम्म पुर्‍याउन नपाउँदा सयौ हेक्टरमा लगाएको तरकारी बारीमा नै कुहिन थालेको थियो ।

कृषि सहकारी संघको अगुवाईमा लकडाउन अवधि भर कटहरीमा उत्पादित तरकारीलाई भण्डारण गर्न कटहरीको तरकारी तथा फलफूल बजार दिने सहमति भएसँगै किसानको तरकारीले विराटनगरको बजार पाएको हो ।

कृषकको तरकारी बजारसम्म लैजान जिल्ला सहकारी संघले आवश्यक व्यवस्थापन मिलाएको छ ।

जिल्ला सहकारी संघका कोषाध्यक्ष राकेश दाहालले मन्त्रालयसँग समन्वय गरेर तरकारी तथा फलफूल भण्डारण गर्ने र कृषकले दुईवटा मोबाइल भेन प्रयोग गरी विराटनगर बजार क्षेत्रमा बिक्री गर्न व्यवस्था मिलाइएको जानकारी दिए ।