२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024


अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमानको हत्या


273
Shares

काठमाडौं । दाङमा एक महिलाले अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमानको हत्या गरेकी छन् ।

घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ ।

सोमबार विहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको हो । हत्या आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।