मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित थापाखोला हाईड्रो पावरको ड्याममा बाढीले क्षति पुर्याएको छ ।
गएराति परेको भीषण वर्षापछिको बाढी ड्याम्पमा पसेर क्षति पुर्याएको हो ।
निजी लगानीमा दुई वर्षअघि निर्माण भएको यो आयोजनाबाट १३ दशमलव ६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।
ड्याममा बाढी पसेर क्षति पुर्याएको थापाखोला हाईड्रो पावरका ईन्जिनियर अनिल श्रेष्ठले जानकारी दिए ।
बाढीले ईन्टेक गेट, डिस एन्डर, अन्डर सुलुस, ग्राभेल प्लसिङ गेड, स्टार वाटर, डिजी जेनेरेटर र अप्रेसन औजारलगायतमा क्षति पुर्याएको उनले बताए ।
ड्याम्पमा क्षति भएपछि आयोजनाबाट विद्युत् उत्पादन प्रभावित भएको छ ।









प्रतिक्रिया दिनुहोस्