Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


बजेट केही मान्छेको भूँडी सुधार हुनेगरी आयो : शान्ता चौधरी


104
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भूमि व्यवस्था सुधार गर्ने भन्दा पनि केही मान्छेको भूँडी सुधार हुनेगरी आएको टिप्पणी गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको विभिन्न शिर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले सरकारले भूमि व्यवस्थालाई सुधार गर्ने भन्दापनि आफ्नो पार्टीका कार्यकर्ताहरुको भूँडी सुधार्ने गरी बजेट ल्याएको बताउनुभएको हो ।

बजेटमा गरिबलाई परिचय पत्र वितरण गर्ने उल्लेख गरिएको भएपनि त्यसलाई कहिलेबाट सुरु गर्ने भन्ने कुरा नखुलाइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

सचेतक चौधरीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमिहीनलाई लालपूर्जा वितरण गर्ने कामलाई अन्तिम चरणमा पु¥याएपनि वर्तमान सरकारले त्यसलाई रोकेको आरोप समेत लगाउनुभयो ।

सचेतक चौधरीले सरकारले भूमिहिनको समस्या समाधान गर्ने मिति समेत एकीन गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।