१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


म्यान्चेस्टर सिटीमा पेरुका १६ वर्षीय युवा डिफेण्डर आगिला अनुबन्धित


0
Shares

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्लुइवेर्थ आगिलालाई आफ्नो टिममा अनुबन्धित गर्ने भएको छ ।

सिटीले पेरुका डिफेन्डर आगिलालाई अलिएन्जा लिमाबाट ल्याउने भएको हो । सन् २०२१ को मेमा उनी म्यानचेस्टर सिटी आउने छन् ।

आगिलाको वर्तमान क्लबले उनको अनुबन्ध पछिल्ला वर्षमा पेरुबाट इंग्लिस फुटबल क्लबमा भएको सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरेको छ ।

उनले गएको नोभेम्बरमा टिम डेब्यु गरेका थिए । पेरुले उनलाई १७ वर्षमुनिको दक्षिण अमेरिकी च्याम्पियनसिपका लागि सन् २०१९ को सुरुमै छनौट गरेको थियो ।

त्यो बेला उनी मात्रै १५ वर्षका थिए । पछिल्ला वर्षहरुमा आकर्षक पारिश्रमिकका कारण पेरुको फुटबलबाट महत्वपूर्ण खेलाडीहरु युरोपमा सरुवा हुने क्रम बढेको बताइएको छ ।