२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


दानाको अभावमा कुखुरा मर्दै


0
Shares

भरत शर्मा (ईमेज)

पाल्पा, बैशाख ७ । पाल्पामा लकडाउनका कारण कुखुरा बिक्री वितरण हुन नसक्दा कुखुरा पालक व्यवसायीहरु मारमा छन् । एकातिर बिक्रि वितरणमा समस्या र अर्को कुखुरालाई दिइने दानाको समेत अभावक हुंदा कुखुराहरु धमाधम मर्न समेत थालेका छन् ।

पाल्पा जिल्लामा साना ठूला गरी एक हजार भन्दा बढी पोल्ट्री फर्म सञ्चालित छन् । जिल्लाको छहरा, नायरनमतलेस, चिदीपानी, झडेवा,रामपुर, मस्याम दोभान ,सत्यवती,जुठापौवा जस्ता ६० भन्दा बढी क्षेत्रमा व्यवसायीक रुपमा कुखुरा पालन हुँदै आएको छ ।

तर कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण दाना ढुवानी र बजारसम्म कुखुरा पुर्‍याउन समस्यामा भएको छ ।

डेढ महिनामा तयार हुने ब्रोइलर जातको कुखुरा बजारमा पठाउने वातावरण नभएका कारण लगानी खेर जान थालेको कुखुरा पालक व्यवसायीहरु बताउँछन । दानाको अभावको कारण धमाधम कुखुरा मर्न समेत थालेका छन् ।

कुखुरा पालनबाट राम्रो आम्दानी हुने भएपछि जिल्लामा यो व्यवसायप्रतिको आकर्षण बढेको थियो । स्थानीय बजारमै मासुको खपत हुने भएपछि बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर पनि पोल्ट्री फर्म संचालन गर्नेहरुको सख्या बढेको थियो । तर अहिलेको अबस्थामा बैंकको कर्जा भुक्तानी गर्न समेत गाहे भएको उनीहरुको भनाई छ ।

लकडाउनका कारण अहिले दैनिक एक लाख भन्दा बढीको नोक्सान बेहोर्नु पर्न व्यवसायीहरु बताउंछन् । यसर्थ लकडाउनका कारण कुखुरा पालकहरुले व्यहोर्ने परेको क्षतिलाई कम गर्दै बिक्रि वितरणलाई सहज पार्ने वातावरण बनाउन भने ढिलाई गर्न हुंदैन ।