
नवलपरास, बैशाख ७ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतमा वितरण गरेको चामल न्यून गुणस्तर भएको प्रमाणित भएको छ ।
चामल नेपाल सरकारले तोकेको मापदण्ड विपरीत रहेको र तौलमा समेत कमि भएको पाइएपछि कारबाहीका लागि प्रकृया समेत अघि बढाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको नमूना परीक्षणमा चामल न्यून गुणस्तर र नेपाल सरकारले तोकेको मापदण्ड विपरीत रहेको पाइएको कार्यालयका खाद्य निरीक्षक श्रवण कुमार ढुंगानाले जानकारी दिए ।
राहतका नाउँमा गरिबलाई गन्हाएको चामल दिएको भन्दै गत शुक्रबार केही वडाका विपन्नहरुले खाद्यन्न सामाग्री नगरपालिकाको गेट अगाडी फालिदिएका थिए ।
प्रतिक्रिया दिनुहोस्