२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


बारीमा तरकारी सुक्न थालेपछि सस्तो मूल्यमा तरकारी


0
Shares

पाल्पा, बैशाख ७ । पाल्पाको तानसेनमा सस्तो मुल्यमा तरकारी बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।

बारीमा तरकारी सुक्न दिनुभन्दा सस्तोमै बिक्री गर्न थालिएपछि उपभोक्ता भने कोरोनाको प्रवाह खरिद गर्न उत्रिएका छन् ।

तानसेन नगरपालिकाको नगर युवा परिषद्को समन्वयमा मदन पोखरा संगम बहुद्धेश्यीय सहकारी सस्थाद्वारा सस्तो तरकारी बेच्ने व्यवस्था मिलाईएको हो ।

लकडाउनले कृषकहरु मर्कामा परेकोले नगर पालिकाले सहजीकरण गरेको तानसेन नगरपालिका प्रमुख अशोक शाहीले बताउनुभयो । उपभोक्ताको भीड लागेपछि स्थानीय वासिन्दा भने चिन्तित बनेका छन् ।