२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


सुर्खेतका दुई मस्जितमा कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ


0
Shares

सुर्खेत, बैशाख ७ । मस्जिदमा लुकीछिपी बसेका मुस्लीमहरुमा कोरोना संक्रमण हुने क्रम बढेसंगै सुर्खेतमा रहेका मस्जीदहरुमा बस्ने मौलानाहरुको पनि स्वास्थ्य परिक्षण गरिएको छ ।

गृह मन्त्रालयले सबै मस्जीदमा कोरोना जाँच गर्न दिएको निर्देशनका आधारमा सुर्खेतका २ मस्जीदमा बस्ने ११ जनाको परिक्षण गरिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । उनीहरुको र्‍यापिट टेष्टको रिपोर्ट भने नेगेटिभ आएको छ ।