२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : अधिकांश पुरानै


104
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

चालु खर्चलाई घटाउँदै पँुजीगत खर्च वृद्धि गरी समाज उन्मुख अर्थतन्त्रको नीति अवलम्वन गर्ने लक्ष्य सहित प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशिले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर ल्याइएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर वृृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ । हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना र अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, आर्थिक विकास र गरिवी निवारणमा योगदान पुगाउन उद्यम विकास, रोजगार र स्वरोजगार कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, लगानीमैत्री वातावरण सृजना गर्ने, प्रदेशमा प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने, एक सय ५० विद्यालयमा सूचना तथा प्रविधि विस्तार गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा अटाएका छन् ।

मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, हाम्रो प्रदेश स्वस्थ प्रदेश, जनताको स्वास्थ्यको ख्याल सुविधासम्पन्न अस्पताल, स्वास्थ्यका लागि खेलकुद सबैका लागि खेलकुद, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम, एक स्थानीय तह एक औद्योगिक कार्यक्रम, एक जिल्ला एक विशिष्ट उद्योग, पाहुनाको सत्कार सुदूरपश्चिमको संस्कार लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा परेका छन् ।

प्रदेश सरकारले प्रत्येक असार १ गते बजेट कार्यक्रम ल्याउनुपर्ने र त्यसको १५ दिने अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी प्रावधान रहेको छ ।