
डडेल्धुरा, बैशाख ७ । लकडाउनका कारण डडेल्धुराका कुखुरा व्यवसायीको विचल्ली हुने अवस्था आएको छ ।
सानोतिनो लगानी गरी कुखुरा पालन गर्दै आएका किसानहरु कुखुराको दाना र औषधि नपाउने तथा हुर्किएका कुखुराले बजार नपाउने भएपछि चिन्तित बनेका हुन् ।
डडेल्धुरामा एक सय जना कुखुरा व्यवसायी रहेको र उनीहरुले करोडौं लगानी गरेको व्यवसायीहरु बताउँछन् । राज्यले सहुलियत नदिए ब्यावसायीहरु धरासायी हुने पनि उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्