
चितवन, बैशाख ७ । चितवनमा शुक्रबार र शनिबार आएको हावाहुरी सहितको असिनापानीले करोडौंको क्षति भएको छ हावाहुरीले केरा तथा तरकारी खेतीमा नोक्सानी पुगेको हो ।
रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा केरा खेतीमा ठुलो क्षती पुर्याएको चितवन केरा उत्पादक संघका निवर्तमान अध्यक्ष विष्णुहरी पन्तले जानकारी दिए ।
उनका अनुसार करिव ५० विगाहामा लगाईएको केरा खेतीमा क्षती पुगेको छ ।
लकडाउनले गर्दा यकिन तथ्यांक संकलन गर्न कठिन भए पनि करिब २ करोड वरावरको क्षती भएको पन्तको भनाइ छ ।
हावा हुरीले घरहरुमा समेत क्षति भएको छ । ठूलो असिनाले गर्दा घरका जस्ता पाताहरुमा प्वाल पारेको छ भने झ्याल तथा सवारी साधनका सिसाहरु समेत फुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्