
काठमाडौं, बैशाख ७ । काठमाडौंको वडा न.२८ स्थित बागबजार युवा क्लबले खुलामञ्चमा करीब ४ सय जना सर्वसाधरणलाई खाना खुवाएको छ ।
लकडाउनले अलपत्र परेका ब्यक्तिहरुलाई प्रगतीमान रञ्जितको आर्थिक सहयोगमा युवा समुहले खानाको प्रबन्ध मिलाएको हो ।
समुहका अध्यक्ष अरुण तण्डुकारले अब लकडाउन नखुलुन्जेलसम्म खुलामञ्च आइपुग्ने जो कोहीलाई खाना खुवाउने बताए ।
हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म खाना खुवाइने जनाइएको छ । यो समुहले सडकका कुकुर तथा बाँदरलाई समेत खाना दिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्