
बुटवल । लुम्बिनी प्रदेशमा सोमबार आउने भनिएको नीति तथा कार्यक्रम दुई दिन पर धकेलिएको छ ।
सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि तत्कालमा लागि दुई दिन पर धकेलिएको छ ।
१० औं अधिवेशनको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । लुम्बिनी प्रदेशसभा सचिवालयले विज्ञप्ती जारी गर्दै २३ गते दिनको १ बजे बस्ने गरी निर्धारित दशौं अधिवेशनको छैठौं बैठक विशेष कारणवश स्थगित भएको जनाएको हो ।
सचिवालयका सचिव दुर्लभकुमार पुनले सभामुखको निर्देशानुसार जेठ २५ गते बुधबार १ बजे बैठक बस्ने गरी तय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्